आइजिपी वसन्त कुँवरले जिल्ला प्रहरी कार्यालय रौतहटको नवनिर्मित भवन तथा अन्य भौतिक संरचनाहरूको गरे  उद्घाटन

(नेपाल क्राईम)

आइजिपी वसन्त कुँवरले जिल्ला प्रहरी कार्यालय रौतहटको नवनिर्मित भवन तथा अन्य भौतिक संरचनाहरूको उद्घाटन गरेका छन् ।

सोमबार एक विशेष समारोहका बीच प्रहरी महानिरीक्षक कुँवरले कार्यालयको प्रशासनिक भवनसहित विभिन्न पूर्वाधारहरूको उद्घाटन गरेका हुन् ।

महानिरीक्षक कुँवरले जिल्ला प्रहरी कार्यालयको नयाँ प्रशासनिक भवन, ब्यारेक, हिरासत कक्ष, सैलुन, चमेना गृह तथा स्वागत कक्षको उद्घाटन गरे ।

प्रहरी सेवाको प्रभावकारिता बढाउन र प्रहरी कर्मचारीलाई सहज वातावरण प्रदान गर्नका लागि अत्याधुनिक सुविधासहितका यी संरचनाहरू निर्माण गरिएको बताइएको छ ।

भवनको उद्घाटन गर्दै प्रहरी महानिरीक्षक कुवरले प्रहरी सङ्गठनको सुदृढीकरणमा भौतिक पूर्वाधारको महत्त्वपूर्ण भूमिका हुने उल्लेख गर्दै नागरिकमैत्री सेवा प्रवाहमा तीव्रता ल्याउन निर्देशन दिए ।