(नेपाल क्राईम)
जाजरकोटमा आगलागीमा परेर एक बालकको मृत्यु भएको छ । गएराति १२ बजेको समयमा कुशे गाउँपालिका–८ ग्राक्ली निवासी जनक रोकायाको घरमा आगलागी हुँदा उनका १२ वर्षीय छोरा अम्मर रोकायाको मृत्यु भएको हो ।
घरको माथिल्लो तलामा खाना बनाउन बालेको आगोबाट एक्कासी आगलागी हुँदा सोही कोठामा सुतिरहेका बालकको जलेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय जाजरकोटले जनाएको छ ।