२० किलो चाँदीसहित पाँच जना पक्राउ

(नेपाल क्राईम)

२० किलो चाँदीसहित काठमाडौंबाट पाँचजना पक्राउ परेका छन् । चाँदीको अवैध कारोबार भइरहेको सूचनाका आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटिएको प्रहरीले उनीहरूलाई कोटेश्वरको नरेफाँटबाट नियन्त्रणमा लिएको हो ।

पक्राउ पर्नेहरुमा बाराका ३४ वर्षीय सन्तोषकुमार साह, ३५ वर्षीय प्रेमकुमार कुशवाहा, २६ वर्षीय गणेश साह र २१ वर्षीय विपना सार्की तथा पर्साका ३२ वर्षीय दीनानाथकुमार साह रहेका छन् ।