(नेपाल क्राईम) स्रोत नखुलेको रकमसहित सर्लाहीबाट २ जना पक्राउ परेका छन् । मलंगवा नगरपालिका- ८ बाट स्रोत नखुलेको नगद ७ लाख २८ हजार ९ सय रूपैयाँसहित उनीहरूलाई सोमबार साँझ पक्राउ गरिएको प्रहरीले जनाएको छ ।प्रहरी चौकी गोरखकालीबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ आउँदै गरेको बीआर ३० एन २२३० नम्बरको मोटरसाइकलमा सवार उनीहरूलाई उक्त नगदसहित पक्राउ गरेको हो ।