२५ वर्षीय सुरेन्द्र विष्टकाे गाेली हानेर हत्या

(नेपाल क्राईम)

बैतडी जिल्लामा गाेली हानेर २५ वर्षीय सुरेन्द्र विष्टकाे गाेली हानेर हत्या भएको छ ।

दाेगडाकेदार गाउँपालिका–८ का विष्टको गोली प्रहारबाट हत्या भएको जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब उपरीक्षक(डीएसपी) मकेन्द्र मिश्रले बताए ।

गोली प्रहारबाट घाइते भएका उनको उपचारका क्रममा जिल्ला अस्पतालमा मृत्युु भएको मिश्रले बताएका छन् । उनलाई नातामा दाजु पर्ने सोही ठाउँका ४५ वर्षीय कर्ण विष्टले गोली प्रहार गरेको आरोप छ ।