शान्ति सैनिक कंगो प्रस्थान

(नेपाल क्राईम)

नेपाली सेनाका मेजर रत्न बहादुर श्रेष्ठको नेतृत्वमा संयुक्त राष्ट्रसंघको आव्हानमा शान्ति स्थापना कार्यको लागि प्रजातान्त्रिक गणतन्त्र कंगोमा रहेको प्रजातान्त्रिक गणतन्त्र कंगोमा संयुक्त राष्ट्र संघको स्थिरीकरण मिसनमा तैनाथ हुन प्रस्थान गरेको छ ।

चण्डीदल गण ३१ औं डफ्फाको १६२ जना नेपाली शान्ति सैनिकहरुको छैठौ तथा अन्तिम टोली सेनानी रत्न बहादुर श्रेष्ठको नेतृत्वमा संयुक्त राष्ट्रसंघको चार्टड बिमानद्वारा फाल्गुण १६ गते मिसन इलाका प्रस्थान गरेको हो ।