(नेपाल क्राईम)
नेपाल प्रहरीमा ३१औँ प्रहरी महानिरीक्षक (आईजीपी) को होलान् ? यतिखेर उक्त पद प्राप्तिका निम्ति प्रहरीका उच्च अधिकारीहरूको दौडधूप सुरु भइसकेको छ ।
हालका आईजीपी बसन्तबहादुर कुँवरले आउँदो चैत ५ मा अनिवार्य अवकाश जाँदैछन् । उनको अवकाशसँगै उत्तराधिकारी होड भने तीव्र भएको छ ।कुँवरभन्दा ६ महिनापछि भर्ना भएका हालका एआईजीहरू दिपक थापा, सुदिप गिरी र टेकबहादुर तामाङ प्रतिस्पर्धामा छन् ।थापा अन्य दुईभन्दा अगाडि नै एआईजीमा बढुवा भएकाले उनी नै मुख्य दाबेदार देखिएका छन् । तर, विगतमा जुनियर एआईजीहरु पनि आईजीपी बनेको नजिरका कारण उनी ढुक्क हुन सकेका छैनन् ।