कैलालीमा दसैं, तिहार तथा छठ पर्वलाई लक्षित गरेर सुरक्षा योजना तयार

(नेपाल क्राईम)                                                        जिल्ला प्रहरी कार्यालय कैलालीका अनुसार तीन ठुला पर्वलाई लक्षित गर्दै सुरक्षा योजना तयार पारिएको हो।

उक्त योजनाअनुसार जिल्लाभर साढे आठ सय प्रहरी परिचालन गरिने कैलालीका प्रमुख प्रहरी उपरीक्षक(एसपी) पदमबहादुर बिष्टले जानकारी दिए। आम नागरिकलाई सुरक्षा दिनेगरि जनशक्तिको सही परिचालन, सिघ्र सेवा, तत्काल कारवाही र सहज पहलको उद्देश्यले जिल्लाभर शान्ति, सुरक्षा व्यवस्था मजबुत बनाउने गरि योजना तयार गरिएको उनले बताए।दसैंदेखि छठ पर्वसम्म जिल्लामा चोरी, डकैती, जुवातास, मदिरा सेवन, लागुऔषध सेवन नियन्त्रण, अपराधिक घटना न्यूनीकरण गर्दैै नागरिकलाई सुरक्षा प्रदान गर्न नियमित चेकजाँच बढाइने छ ।