(नेपाल क्राईम) मधेश प्रदेशका मुख्यमन्त्री सतीस कुमार सिंहको पुतला दहन गरिएको छ ।
सरकारी अस्पतालको स्तरोन्नति तथा अवैध रूपमा संचालित निजी अस्पतालहरुमा पूर्ण प्रतिबन्ध लगाउन माग गर्दै राष्ट्रिय एकता अभियानले मंगलबार सांझ जनकपुरधाममा प्रदर्शन गर्नुका साथै मुख्यमन्त्री सिंहको पुतला दहन गरेको हो ।
प्रदर्शनकारीहरूले प्रादेशिक अस्पताल अगाडि नै भेला भएर नाराबाजी गरेका थिए ।
अभियानका नेताहरू मनीष पुर्वे, अक्षय यादव, दीपू झा, पंकज झा लगायतको नेतृत्वमा भएको प्रदर्शनमा सयौं नागरिकहरू सहभागी रहेको थियो ।
उनीहरूले ‘अवैध अस्पताल बन्द गरौं, सरकारी अस्पताल सुधार गरौं’ तथा ‘स्टन्टबाजी होइन, स्वास्थ्य सेवामा वास्तविक सुधार चाहिन्छ’ जस्ता नारा लगाउँदै सरकारको आलोचना गरे ।