नेपाल प्रहरीका ११ जना प्रहरी नायव उपरीक्षक डीएसपीको काज सरुवा

(नेपाल क्राईम)                                                          नेपाल प्रहरीका ११ जना प्रहरी नायव उपरीक्षक (डीएसपी) को काज सरुवा भएको छ । प्रहरी प्रधान कार्यालयले शुक्रबार उनीहरुलाई काज सरुवा गर्दै विभिन्न कार्यालयमा पठाएको हो ।काज सरुवा हुनेमा डीएसपीहरुमा ज्ञानकुमार महतो दोलखा, कृष्ण चन्द जनसेवा बृत्त, निरन्जन थापा महाराजगन्ज बृत्त छन् ।इलाका प्रहरी बुटवलमा इन्द्र राना, रसुवामा हेम शाही, काकडभिट्टामा राजन लामा, इलाका प्रहरी गजुरीमा बिकास थापा त्यस्तै डीएसपी रवीन्द्र खनाल चितवन, मिमबहादुर लामा मानवस्रोत र बिजयराज पण्डितलाई प्रदेश कार्यालय पोखरा र केशव भट्टराईको प्रधानमन्त्री कार्यालयमा काज सरुवा गरिएको छ । जिल्ला प्रहरी कार्यालय झापामा खगेन्द्र खड्कालाई पठाइएको छ ।