(नेपाल क्राईम)
प्रहरीले कैलालीबाट साढे चार किलो चरेससहित दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा गौरीगंगा नगरपालिका–८ चमारीपुर बस्ने ५३ वर्षीया बेलमती बोहरा र बझाङको केदारस्यु गाउँपालिका–७ भान्चौरका ४६ वर्षीय घोडे धामी रहेको प्रहरीले जानकारी दिएको छ ।
कैलालीको गौरीगंगा नगरपालिका र गोदावरी नगरपालिकाबाट शुक्रबार दिउँसो चरेससहित उनीहरुलाई पक्राउ गरीएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक (डीएसपी) कबिन्द्र सिंह बोहराले जानकारी दिएका छन । बोहरालाई बडैपुर र धामीलाई अत्तरियाबाट पक्राउ गरिएको उनले जानकारी दिएका छन ।