बाराको एक सुधार केन्द्रमा राखिएका युवकको गए राति फागुन १ मृत्यु

(नेपाल क्राईम)

बाराको एक सुधार केन्द्रमा राखिएका युवकको गए राति (फागुन १) मृत्यु भएको छ । कलैया उपमहानगरपालिका–४, बैंकरोडस्थित नवजन्म सुधार केन्द्रमा ३२ वर्षीय धीरेन्द्र महतोको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बाराका प्रमुख एवं प्रहरी उपरीक्षक (एसपी) सन्तोष तामाङले जानकारी दिए ।

महतोको शव शंकास्पद देखिएपछि प्रहरीले सुधार केन्द्रका सञ्चालकसहित ६ जनालाई पक्राउ गरेको छ । पक्राउ परेकामाथि अनुसन्धान थालिएको एसपी तामाङले बताए ।