(नेपाल क्राईम)
संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले ६ जना शाखा अधिकृतलाई उपसचिवमा बढुवाका लागि सिफारिस गरेको छ ।
बढुवा समितिको सचिवालयले सूचना जारी गर्दै नेपाल इन्जिनियरिङ सेवाका विभिन्न सेवा, समूह, उपसमूह र श्रेणीका रिक्त पदमा ६ जना शाखा अधिकृतहरूलाई उपसचिवमा बढुवाका लागि सिफारिस गरिएको जानकारी दिएको हो ।