(नेपाल क्राईम)
धनगढीमा एक किशोरी बलात्कृत भएकी छन् । धनगढीमा बसेर कक्षा ७ मा अध्ययन गर्दै आइरहेकी बाजुुराकी १४ वर्षीया किशोरीमाथि गत बिहीबार साँझ बलात्कार भएको हो ।
प्रहरीका अनुसार एक युवकले स्कुलबाट घर फर्किने क्रममा चक्कु देखाउँदै डर, त्रासमा पारेर किशोरीलाई घरमै लगेर जबरजस्तीकरणी गरेका थिए ।