(नेपाल क्राईम)
प्रधानसेनापति अशोक राज सिग्देलले उपरथी दर्जामा पदोन्नति भएका सहायक रथी नकुल बहादुर रायमाझीलाई दर्ज्यानी चिन्ह प्रदान गरेका छन् ।
बुधबार जङ्गी अड्डामा आयोजित एक कार्यक्रमका बिच रायमाझीहरुलाई दर्ज्यानी चिह्न प्रदान गरिएको हो ।
पदोन्नतिसँगै उपरथी रायमाझी सैनिक इन्टेलिजेन्स महानिर्देशनालय (इन्टेलिजेन्स कोर) को महानिर्देशकमा नियुक्त भएका छन् ।