धनगढी: कैलालीमा भारतीय नाका हुँदै आइफोनको तस्करी हुने गरेको तथ्य फेला परेको छ। कैलालीको धनगढीसम्म तस्करीका आइफोनहरु पुग्ने गरेका छन्।
यसैक्रममा कैलालीमा प्रहरीले साढे पाँच लाख बढि मूल्य पर्ने अवैध आईफोन बरामद गरेको छ। हिजो सोमबारमात्रै धनगढी उपमहानगरपालिका–२ को आदर्श चोकबाट भन्सार छली गरि भित्र्याइएका अवैध आईफोन बरामद गरिएको प्रहरीले जनाएको छ।
जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक(डीएसपी) कबिन्द्रसिंह बोहराले भारतबाट भन्सार छली गरि ल्याइएका पाँच लाख ७१ हजार पाँच सय बराबरको पर्ने आईफोन, बरामद गरिएको बताए।