जिल्ला प्रहरी परिसर काठमाडौँमा दुई जना एसपी राख्ने निर्णय

(नेपाल क्राईम)

जिल्ला प्रहरी परिसर काठमाडौँमा दुई जना एसपी राख्ने निर्णय गरिएको छ । प्रहरी महानिरीक्षक वसन्त कुँवरले भद्रकालीस्थित परिसरको कार्यालयमा दुई जना एसपी राख्ने निर्णय गरेका हुन् ।

दुई जना एसपी राख्ने निर्णय भएसँगै डीएसपीबाट एसपीमा बढुवा भएका कुलदीप चन्दलाई परिसरमा काज सरुवा गरिएको छ । केही दिनअघि मात्र परिसरमा एसपी अपिल राज बोहरा सरुवा भएर आएका थिए ।२०७८ कार्तिकमा तत्कालीन एसएसपी चक्रबहादुर सिंह नेतृत्वको समितिले काठमाडौँ परिसरमा सामाजिक अपराध, आर्थिक अपराध र जघन्य अपराध हेर्नेगरी ३ जना डीएसपी र मुद्दा फाँटको समग्र कमान्ड गर्न एसपी खटाउन सिफारिस गरेको थियो । मुद्दा हेर्ने एसपीलाई काठमाडौँका डीएसपी इन्चार्ज हुने १४ वटा वृत्तहरूको पनि मुद्दा अनुगमन गर्ने जिम्मेवारी दिनुपर्ने समितिको सिफारिस थियो ।