भरुवा बन्दुकसहित एक जना पक्राउ

(नेपाल क्राईम)                                                     ताप्लेजुङमा अवैध भरुवा बन्दुकसहित एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा पाथीभरा याङवरक गाउँपालिका–१ निवासी ४० वर्षीय बिर्खराज राई रहेका प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालयका ताप्लेजुङका सूचना अधिकारी विवेक बस्नेतले राईले आफ्नै घरमा अवैध रूपमा बन्दुक लुकाएर राखेको सूचनाका आधारमा आज निजलाई पक्राउ गरिएको बताए ।