६ लाख बढी भारतीय रुपैयाँसहित एकजना पक्राउ

(नेपाल क्राईम)

कञ्चनपुर जिल्लाको भिमदत्त नगरपालिका–१० गड्डाचौकीस्थित सीमा क्षेत्रबाट स्रोत नखुलेको ६ लाख ८८ हजार भारतीय रुपैयाँसहित एक जना व्यक्ति पक्राउ परेका छन्।

प्रस्तावित सीमा सुरक्षा गुल्म गड्डाचौकी र इलाका प्रहरी कार्यालय गड्डाचौकीको संयुक्त टोलीले माघ १७ गते नियमित जाँचका क्रममा उक्त रकमसहित एक व्यक्तिलाई नियन्त्रणमा लिएको हो।