२० वर्षदेखि फरार व्यक्ति पक्राउ

(नेपाल क्राईम)                                                          लागुऔषध चरेश मुद्दामा २० वर्षदेखि फरार रहेका एक व्यक्तिलाई पर्सा प्रहरीले पक्राउ गरेको छ । वीरगञ्ज महागरपालिका-१६ नगवा बस्ने ४१ वर्षीय चन्दन कुमार रौनियारलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।पर्सा जिल्ला अदालतले रौनियारलाई २०६१ असार १३ गते लागुऔषध चरेश मुद्दामा २ वर्ष ७ महिना कैद र १० हजार रूपैयाँ जरिवाना तोकेको थियो । उनी त्यसपछि फरार थिए ।