काठमाडौंका केही स्थानमा आज मंगलबार देखि चार दिन दैनिक पाँच घण्टा विद्युत् अवरुद्ध हुने

(नेपाल क्राईम)

काठमाडौंका केही स्थानमा आज (मंगलबार) देखि चार दिन दैनिक पाँच घण्टा विद्युत् अवरुद्ध हुने भएको छ ।

नेपाल विद्युत् प्राधिकरणका अनुसार सोमबार गोठाटार (जोरपाटी) फिडरअन्तर्गत मानटार चोक क्षेत्रमा बिहान ११ बजेदेखि दिउँसो ४ बजेसम्म विद्युत् अवरुद्ध हुनेछ ।

बुधबार मातातीर्थ (कुलेश्वर) फिडर अन्तर्गत मातातीर्थ वरिपरिका क्षेत्र, बिहीबार शंखमूल फिडर (बानेश्वर) अन्तर्गत दोभान पुल वरिपरिका क्षेत्रमा विद्युत् आपूर्ति बन्द हुनेछ। शुक्रबार केएससी र पुरानो एयरपोर्ट फिडर (बानेश्वर) अन्तर्गत आलोकनगर वरिपरिका क्षेत्रमा पाँच घण्टा विद्युत् अवरुद्ध हुने प्राधिकरणले बताएको छ ।