(नेपाल क्राईम)
प्रहरीले काठमाडौँको काँडाघारीबाट ठुलाे परिमाणमा रक्तचन्दन बरामद गरेकाे छ । बरामद भएकाे रक्तचन्दन चार क्विन्टल भन्दा बढी रहेको जनाइएको छ ।
उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले बुधबार बिहान बोरामा प्याक गरेर राखिएको अवस्थामा रक्तचन्दन बरामद गरेको हाे। त्यसलाई जोख्दा ४ सय ६२ किलो भएको प्रहरीको भनाइ छ ।
रक्तचन्दनसहित दुई जना पक्राउ पनि परेका छन् । उनीहरूको नाम ठेगाना भने प्रहरीले खुलाइसकेको छैन ।
यसमा प्रकाशित स्रोत खुलाइएका बाहेक सबै पोस्टहरू हाम्रो स्वामित्वमा छन्।
कुनै पनि रूपमा तिनको पुनःप्रकाशन वा प्रशारण गर्न अनुमति छैन। यदि तपाईंसँग कुनै समाचार छन्
वा हाम्रा समाचारहरू सम्बन्धी कुनै सुझाव वा प्रतिक्रिया दिन चाहनुहुन्छ भने, कृपया सिधै सम्पर्क गर्नुहोस् वा इमेलमा पठाउनुहोस् ।