भारतका पूर्व प्रधानमन्त्री मनमोहन सिंहको निधन भएको छ । ९२ वर्षीय सिंहको भारतीय समयअनुसार बिहीवार राति ९ बजेर ५१ मिनेटमा एम्स अस्पतालमा निधन भएको हो ।
भारतीय सञ्चार माध्यमहरुका अनुसार राजधानी नयाँदिल्लीस्थित अल इन्डिया इन्स्टिच्युट अफ मेडिकल साइन्स (एआइएमएस) अस्पतालमा उपचार क्रममा बिहीबार राति ९ बजेर ५१ मिनेटमा उनको निधन हो ।
सिंहको निधनमा भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले श्रद्धाञ्जली व्यक्त गरेका छन् ।