आफूखुसी गैर हाजिर रहेका ३० जना प्रहरी कर्मचारीलाई स्पष्टीकरणसहित हाजिर हुन सार्वजनिक सूचना जारी

(नेपाल क्राईम)

नेपाल प्रहरी प्रधान कार्यालय, नक्सालले आफूखुसी गैर हाजिर रहेका ३० जना प्रहरी कर्मचारीलाई स्पष्टीकरणसहित हाजिर हुन सार्वजनिक सूचना जारी गरेको छ।

प्रहरी नियमावली, २०७१ को नियम ९५ उपनियम (२) अनुसार उनीहरूलाई तोकिएको मितिभित्र कार्यालयमा हाजिर हुन निर्देशन दिइएको हो।

प्रहरी प्रधान कार्यालयले अनुपस्थित प्रहरी कर्मचारीहरूमाथि कारबाही प्रक्रिया अघि बढाउनुअघि उनीहरूलाई सात दिनभित्र कार्यालयमा उपस्थित भई आफ्नो स्थिति स्पष्ट गर्न आग्रह गरेको छ।