(नेपाल क्राईम)
बाँकेमा बढ्दो तस्करी प्रति गृहमन्त्री रमेश लेखकले यहाँका सिडिओ, नेपाल प्रहरी र सशस्त्र प्रहरी प्रमुखको कडा आलोचना गरेका छन्। मंगलवार रुपन्देहीमा भएको प्रदेश स्तरिया सुरक्षा गोष्ठिलाई सम्बोधन गर्दै ग्रह मन्त्रि लेखकले बाँकेमा बढ्दो तस्करी नियन्त्रणमा बाँकेका सुरक्षा प्रमुखहरु चुकेको बताएका हुन्।
उनले सीमानामा हुने तस्करी तत्काल नियन्त्रण गर्न प्रहरी प्रशासनलाई निर्देशन दिए। मैले बाँके लगायतको जिल्लामा तस्करी बढेको र राजस्व घटेको सुनेको छु। अब पनि तस्करी रोकिएन भने राम्रो हुने छैन,’ उनले भने।