९ लाख बराबरको सामान बरामद

(नेपाल क्राईम)                                                                  कैलालीबाट खटिएको प्रहरीको टोलीले भन्सार छली गरी ल्याइएका रु नौ लाख बराबरको सामान बरामद गरेको छ ।जिल्लाका विभिन्न स्थानमा रहेका भारतीय नाकाबाट भन्सार छली गरी ल्याइएका रु नौ लाख एघार हजार एक सय १० मूल्य बराबरको अवैध सामान बरामद गरेको हो ।जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक कवीन्द्रसिंहले जानकारी दिए ।