(नेपाल क्राईम) गृह मन्त्रालयले आफ्नो सेवासँग सम्बन्धित गुनासो सम्बोधन गर्न ‘हेलो गृह मन्त्रालय गुनासो सुनुवाइ कक्ष’ स्थापना गरेको छ । गुनासो सुनुवाइ कक्ष सञ्चालनमा आएको मन्त्रालयले विज्ञप्ति निकालेर जानकारी दिएको छ ।मुलुकको शान्ति सुव्यवस्था, अपराध नियन्त्रण तथा कानुनको प्रभावकारी कार्यान्वयन गरी सुशासन कायम गर्न मन्त्रालय प्रतिबद्ध रहेको मन्त्रालयले जनाएको छ ।गृह मन्त्रालयका प्रवक्ता ऋषिराम तिवारीका अनुसार मन्त्रालय मातहतका निकायबाट प्रवाह हुने सेवासँग सम्बन्धित गुनासो सेवाग्राहीले कार्यालय प्रमुख वा विभागीय प्रमुखसँग गर्न सक्नेछन् ।उनले भने, ‘सम्बन्धित निकायबाट गुनासो सुनुवाइ हुन सकेमा गुनासो कक्षको इमेल ( [email protected]), फेसबुक (हेलो गृह मन्त्रालय), एक्स हेलो गृह mohagunaso, ह्वाट्सएप (९८५१३६०६०३) र हुलाकमार्फत लिखित रूपमा पनि गुनासो राख्नु सकिनेछ ।(रास्स)