(नेपाल क्राईम)
नेपाल प्रहरीका दुई प्रहरी नायब महानिरीक्षक (डीआईजी)लाई प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) मा बढुवा गर्ने निर्णय गरेको छ। एक मन्त्रीले दिएको जानकारी अनुसार बढुवा हुनेमा बुद्धिराज गुरुङ र केदार ढकाल रहेका छन्।
गुरुङ अख्तियार दुरुपयोग अनुसन्धान आयोग, टंगालमा कार्यरत छन् भने ढकाल प्रहरी प्रधान कार्यालय, नक्सालको प्रशासन विभागमा कार्यरत छन्।
गृह मन्त्रालयको बढुवा समितिको सचिवालयले कार्तिक दोस्रो साता बसेको बैठकबाट दुई डीआईजीलाई एआईजीमा बढुवाका लागि सिफारिस गरेको थियो।