( रवि बर्णवाल) १ करोड १४ लाख ५१ हजार ८३३ रुपैयाँ बराबरको लत्ताकपडा तथा औषधि पर्सा प्रहरीले वीरगञ्ज वडा नम्बर ८ स्थित घण्टाघरचोकबाट ना ३ ख ५१८७ नम्बरको मालबाहक ट्रकमा लोड गरिराखेको अवस्थामा उक्त सामान बरामद गरेको हो।बरामद भएको सामान थप अनुसन्धान तथा कारवाहीका लागि राजस्व अनुसन्धान कार्यालय पथलैया बारामा बुझाइएको प्रहरी नायब उपरीक्षक दीपक भारतीले बताए।