प्रधानमन्त्री सुशीला कार्कीको राजीनामा माग गर्दै जेन–जी युवाले बालुवाटारमा पर्चा टाँसेका छन्।
मिराज ढुंगाना नेतृत्वको ‘गरिखान देऊ’ अभियानका एक सदस्य प्रकाश शर्माले बालुवाटारस्थित प्रधानमन्त्री निवासको गेटमा पर्चा टाँसेका हुन्।
जेन–जीको बलबाट प्रधानमन्त्री भएकी अन्तरिम सरकार प्रमुख सुशीला कार्कीले जेन–जी मागलाई बेवास्ता गरी चुनावको मात्रै रटान लगाएको उनीहरूको आरोप छ।