नेपाली कांग्रेसका पूर्वसांसद मोहम्मद अफताब आलमको निधन भएको छ।
कात्तिक दोस्रो सातादेखि उपचारका लागि काठमाडौँ मेडिकल कलेज (केएमसी)मा रहेका उनको गएराति २ बजेर ५८ मिनेटमा निधन भएको हो।
अस्पतालका अनुसार ६३ वर्षीय आलमको उपचारका क्रममा मृत्यु भएको जानकारी दिएकाे छ। उनको शव अन्तिम दाहसंस्कारका लागि रौतहटको राजपुरतर्फ लगिएको छ।
उनलाई केएमसिमा भेन्टिलेटरमा राखेर उपचार भइरहेको थियो। मुटुमा समस्या देखिएपछि आलमलाई अस्पताल भर्ना गरिएको थियो। गत जेठमा नक्खु कारागारबाट छुटेलगतै पनि उनलाई ब्रेन स्ट्रोक भएको थियो।