देवपुरा रुपैठामा हिन्दु समुदाय र प्रहरीबीच भएको झडपमा गोली लागेर एकजना घाइते

जनकपुरधाम उपमहानगरपालिका-२०, देवपुरा रुपैठामा हिन्दु समुदाय र प्रहरीबीच भएको झडपमा गोली लागेर एकजना घाइते भएका छन् । धनुषाका प्रहरी प्रवक्ता डीएसपी वरुणबहादुर सिंहका अनुसार, स्थिति नियन्त्रण गर्न प्रहरीले चलाएको गोली लागेर २९ वर्षीय लक्ष्मण मुखिया घाइते भएका हुन् । उनको दुवै घुँडामा गोली लागेको छ र हाल प्रादेशिक अस्पताल जनकपुरमा उपचार भइरहेको छ । झडपमा सातजना प्रहरी र केही सर्वसाधारण पनि घाइते भएका छन् । घाइते प्रहरीको पनि प्रादेशिक अस्पतालमा उपचार भइरहेको छ ।