(नेपाल क्राईम)
तुलसीपुरमा आफ्नै दाइले हानेको भरुवा बन्दुकको गोली लागेर भाईको मृत्यु भएको छ । तुलसीपुर–३ ठुलासम्वा निवासी पुष्कर खत्रीको १० बर्षीय छोरा शिशिर केसीले आफ्नै भाइ ९ वर्षीय भुवन केसीलाई भरुवा बन्दुकको गोलीले कञ्चटमा लाग्दा मृत्यु भएको हो।
इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी निरीक्षक सुर्य रानाका अनुसार ती बालकले आफ्नै घरमा राखेको बाजेको भरुवा बन्दुकले आज बिहान ११ बजेको समयमा आफ्नै भाइलाई गोली हानेका हुन् ।