अमेरिकामा भीषण हिमपात

अमेरिकामा भीषण हिमपातका कारण करिब ६ करोड मानिस प्रभावित भएका छन् । केही राज्यमा आपत्कालीन अवस्था घोषणा गरिएको छ ।

केन्टकी, भर्जिनिया, वेस्ट भर्जिनिया, कान्सास, अर्कान्सास, न्यु जर्सी, मिसौरीलगायत राज्यमा आपत्कालीन अवस्था घोषणा गरिएको हो । हिमपातका कारण यी राज्यका प्रायः सबै राजमार्ग बन्द छन् । प्रशासनले सडक प्रयोग नगर्न चेतावनी दिएको छ ।