सशस्त्र प्रहरी बल प्रधान कार्यालयले आइतबार साधारण समूह साधारण उपसमूहका ८ जना सशस्त्र प्रहरी उपरीक्षक (एसपी) को सरुवा गरेको छ । सशस्त्र प्रहरी बल नेपालको हालै स्वीकृत भएको संगठन तथा व्यवस्थापन सर्वेक्षण प्रतिवेदन–२०८२ लाई कार्यान्वयनमा ल्याउनेगरी सरुवा गरिएको हो ।जसअनुसार, एसपी विक्रम होमागाईं र गेहेन्द्रबहादुर भण्डार दंगा नियन्त्रण रेजिमेन्ट गण नीलबाराही काठमाडौंमा सरुवा भएका छन् । सशस्त्र प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) को कमान्डमा रहने यो गणमा दुई एसपी, ७ डीएसपी, २० इन्सपेक्टरसहित ८ सय ४८ जनशक्ति रहने व्यवस्था गरिएको छ ।