प्रहरीले जुवा खेलेको आरोपमा २६ जना पक्राउ परेका छन्।
दाङको घोराही र बाँकेको कोहलपुरबाट जुवा खेलेको आरोपमा २६ जनालाई पक्राउ गरेको हो। जसमा घोराही उपमहानगरपालिकाबाट १५ र कोहलपुरबाट ११ जनालाई पक्राउ गरेको हो।बाँकेको कोहलपुर नगरपालिका- १५ चौधरीयागाउँमा नगदसहित ११ जना जुवाडे पक्राउ परेको इलाका प्रहरी कार्यालय कोहलपुरका प्रमुख डिएसपी चक्रडम्बर पालले जानकारी दिए।यी विभिन्न ठाउँबाट ८ लाख भन्दा बढी रकम बरामद भएको प्रहरीले जनाएको छ।