सातदोबाटोमा कार्यरत डीएसपी रामकुमार यादव तानिए

ललितपुरस्थित प्रहरी वृत्त सातदोबाटोमा कार्यरत डीएसपी रामकुमार यादव तानिएका छन् । ६ महिनाअघि सातदोबाटोमा आएका यादवलाई उपत्यका प्रहरी कार्यालय रानिपोखरीमा काज सरुवा गरिएको छ ।प्रहरी प्रधान कार्यालयले सातदोबाटोमा डीएसपी पूर्णिमा चन्दलाई पठाउने निर्णय गरेको छ । यसअघि स्वयम्भू वृत्तको कमाण्ड गरेकी चन्द जिल्ला प्रहरी परिसर काठमाडौँमा कार्यरत थिइन् ।