नेपालगन्जमा ग्राहक र बिक्रेताबीच विवादपछि झडप हुँदा एकको मृत्यु

बाँकेमा  ग्राहक र बिक्रेताबीच विवादपछि झडप हुँदा एकको ज्यान गएको छ । नेपालगन्ज-५ बेहनाटोलमा भएको झडपमा  व्यापारीको मृत्यु भएको हो ।बाँके प्रहरी प्रवक्ता डीएसपी दीपक पातलीका अनुसार मृत्यु हुनेमा  ५२ वर्षिीय जागीरअलि बेहना रहेका छन् । खसीबोकाको मोलमोलाइ क्रममा विवाद बढ्दै जाँदा झडप भएको र बेहनाको मृत्यु भएको प्रहरीले जनाएको छ ।

पक्राउ परेका ४ जनाको अनुसन्धान भइरहेको बाँके प्रहरीले जनाएको छ ।