जेनजी प्रदर्शनको समाचार सङ्कलनमा खटिएका चार पत्रकार घाइते

जेनजी प्रदर्शनको समाचार सङ्कलनमा खटिएका चार पत्रकार घाइते भएका छन् ।

नयाँबानेश्वर क्षेत्रमा विरोध प्रदर्शनको समाचार सङ्कलन गर्न खटिएका पत्रकारहरू श्याम श्रेष्ठ, दीपेन्द्र ढुङ्गाना, उमेश कार्की र शम्भु दङ्गाल घाइते भएका नेपाल पत्रकार महासङ्घले जनाएको छ ।घाइते पत्रकारको ट्रमा सेन्टर, पाटन अस्पताल र सिभिल अस्पतालमा उपचार भइरहेको छ ।