बाराको सिम्रौनगढ नगरपालिका–२, नयाँ टोलबाट १३८ किलो ७ सय ग्राम गाँजासहित एक महिला पक्राउ परेकी छन्।पक्राउ पर्नेमा ३५ वर्षीया रिता देवी यादव रहेका छन्।बाराका एसपी सन्तोष तामाङका अनुसार यादवले गाँजा आफ्नै घरमा लुकाएर राखेको अवस्थामा प्रहरीले बरामद गरेको हो। थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।