नेपाली सेनाले खुलायो २८० जना अधिकृतका लागि जागिर

नेपाली सेनाले २८० अधिकृत (सहायक सेनानी-उपसेनानी) पदका लागि दरखास्त आह्वान गरेको छ । नेपाली सेनाको भर्ना छनोट निर्देशनालयले शुक्रबार सूचना जारी गर्दै सैनिक साधारण सेवा समूहतर्फ रिक्त रहेको अधिकृत पदका लागि दरखास्त आह्वान गरेको हो ।

रिक्त रहेको सैनिक अधिकृत (सहायक सेनानी÷उपसेनानी) पदमा समावेशी आधारमा नयाँ नियुक्ति गरिने सूचनामा उल्लेख छ ।