जिल्ला प्रहरी परिसर काठमाडौंमा एक वर्षभित्र चार लाखभन्दा बढी फोन

जिल्ला प्रहरी परिसर काठमाडौंमा एक वर्षभित्र चार लाखभन्दा बढी फोन ।

आएका छन्।

विभिन्न घटनाका सूचना दिनलाई मात्रै एक वर्षमा चार लाख २८ हजार ९६ वटा फोनकल भएको परिसरका प्रमुख तथा एसएसपी विश्व अधिकारीले जानकारी दिए।

उनका अनुसार यो विवरण आर्थिक वर्ष २०८१/०८२ को हो।

सबभन्दा धेरै फोन झगडा भएको भन्नेबारेमा आउने गरेको एसएसपी अधिकारीले बताए।

झगडा भएको भन्ने घटनामात्रै २९ हजार १४८ वटा रहेका छन्।

त्यस्तै २७ हजार ९६८ पटक फोन कल विवादमा भएको प्रहरी परिचालन कक्षको रेकर्डमा देखिएको हो।