काठमाडौंको महाराजगञ्जस्थित होटल साम्बालाबाट बुधबार राति १२ः३० बजे पक्राउ परेका गुण्डा नाइके मिलन गुरुङ उर्फ ‘चक्रे मिलन’सहित १९ जनाविरुद्ध प्रहरीले अभद्र व्यवहारसम्बन्धी मुद्दा दायर गरेको छ ।
नेपाल प्रहरीको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले उनीहरुलाई नियन्त्रणमा लिएर जिल्ला प्रहरी परिसर, भद्रकालीको जिम्मा लगाएको थियो ।जिल्ला प्रहरी परिसर भद्रकालीका प्रहरी वरिष्ठ उपरीक्षक (एसपी) कूलदीप चन्दका अनुसार, पक्राउ परेकामध्ये प्रारम्भिक अनुसन्धानपछि कुनै आपराधिक संलग्नता नदेखिएका २८ जनालाई हाजिर जमानीमा छाडिएको छ ।तर, चक्रे मिलनसहित १९ जनाविरुद्ध भने अभद्र व्यवहारसम्बन्धी मुद्दा दायर गरिएको छ र उनीहरूमाथि थप अनुसन्धान गर्न ७ दिनको म्याद लिइएको प्रहरीले जनाएको छ ।

