लागुऔषध नियन्त्रण व्यूरो शाखा कार्यालय नागढुंगा र प्रहरी प्रभाग नागढुंगाको संयुक्त टोलीले १४ हजार ७ सय ६० क्याप्सुल ट्रामाडोल लागुऔषधसहित दुई युवालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरुमा पर्साको विन्दवासिनी–५ वस्ने २० वर्षीय राजकुमार पटेल र सोलुखुम्बु घर बताउने १८ वर्षीय नर्बु शेर्पा छन् । प्रहरीका अनुसार उनीहरुको साथबाट नगद ६० हजार रुपैयाँ पनि बरामद भएको प्रहरीले जनाएको छ ।बागमती प्रदेश ०२–०५७ प १५१५ नम्बरको मोटरसाइकल र बा ७२ प ६६२७ नम्बरको स्कुटरलाई नागढुंगा पिप्लामोडदेखि काठमाडौंतर्फ जाने क्रममा जाँच गर्दा लागुऔषध र नगद साहित नियन्त्रणमा लिएको हो ।