लुटपाटको आरोपमा एक भारतीय नागरिकलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा भारत बिहार राज्यको मधुबनी जिल्ला देवधा–८ का २३ वर्षीय विजय मुखिया रहेका छन् ।प्रहरीका अनुसार मुखियाले धनुषाको जनकनन्दनी गाउँपालिका–१ मा अजय कुमार गोइतलाई पेस्तोल देखाएर लुटपाट गरेका थिए ।गोइत बैंकमा नगद जम्मा गर्न जाँदै गर्दा बाटो छेकेर मुखियाले पेस्तोल देखाई गोइतसँग रहेको २ लाख १६ हजार रुपैयाँ नगद, १२ लाख १० हजार रुपैयाँको चेक र आइफोन १६ लुटेको प्रारम्भिक अनुसन्धानमा खुलेको छ ।