नेपालगञ्ज उपमहानगरपालिका–२ बागेश्वरी टोल नजिकै लागू औषध ब्राउन सुगरसहित एक युवकलाई बाँके प्रहरीले पक्राउ गरेको छ।
पक्राउ पर्नेमा मो .आरिफ नेपालगन्ज उपमहानगरपालिका २ बागेश्वरी टोल नजिक भारत उत्तर प्रदेश बहराईच केवलपुर १३ बस्ने २४ वर्षीयको मो. आरिफ रहेका छन्। शंकास्पद अवस्थामा चेकजाँच गर्दा लागू औषध (ब्राउन सुगर) जस्तो देखिने खैरो धुलो पदार्थ फेला परेको हो। बाँकेका एसपी रामप्रसाद घर्ती मगरले जानकारी दिएको छ। बरामद पदार्थको शुद्ध तौल २० ग्राम ९२० मिलिग्राम रहेको छ।थप अनुसन्धान तथा कारबाहीका लागि जिल्ला प्रहरी कार्यालय बाँके लागेर थप अनुसन्धान सुरु गरेको बाँकेका एसपी रामप्रसाद घर्ती मगरले जानकारी दिएको छ।