पेस्तोल  सहित युवा पक्राउ

रुपन्देहीको लुम्बिनी सांस्कृतिक नगरपालिका वडा नम्बर ११ जितवापुर गाउँमा  दुई समूहबिच भएको झडपमा पेस्तोलसमेत भेटिएको इलाका प्रहरी कार्यालय लुम्बिनीका प्रहरी निरीक्षक दीपक मगराठीले बताए।घटनामा एक जना युवा घाइते भएका छन् ।

नियन्त्रणमा लिएका युवालाई इलाका प्रहरी कार्यालय लुम्बिनीमा राखिएको छ । घाइते युवाको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ ।