नेपालगंज उपमहानगरपालिका वडा नम्बर ९ बाँकेगाउँ नजिक वडा प्रहरी कार्यालय नेपालगन्ज बाँकेबाट खटिएको विशेष प्रहरी टोलिले चेकजाँच गर्ने क्रममा भारतबाट अबैध रुपमा भन्सार छलि गरि ल्याएको सामान बरामद गरेको हो । वडा प्रहरीले फोनमा प्रयोग हुने १९९० पिस Mobile screen guard सामना बरामद गरेको छ । उक्त सामानको अन्दाजी मुल्य रु ४,९७,५००– चार लाख सन्तानव्य हजार पाँच सय रहेको र बरामद गरी आबश्यक कारबाहीको लागि भन्सार कार्यालय नेपालगंज बाँकेमा पठाएको वडा प्रहरी कार्यालयका प्रहरी प्रमुख प्रहरी निरीक्षक अरुण बमले जानकारी दिएका छन