नक्कली नेपाली नोटसहित एक भारतीय पक्राउ

प्रहरीले नक्कली नोटसहित एक जना भारतीय नागरिकलाई पक्राउ गरेको छ। प्रहरीले भारतको बिहार  सितामढी जिल्लास्थित मधुकरपुर गाउँपालिका-९ का ३४ वर्षीय विश्वनाथ साहलाई नक्कली नोटसहित पक्राउ गरेको हो।

जिल्ला प्रहरी कार्यालय सर्लाहीका अनुसार  बलरा नगरपालिका–२ जमुनियामा चेकजाँचका क्रममा भारतबाट नेपाल आउँदै गरेको अवस्थामा छन्कीटोला प्रहरी चौकीबाट खटिएको टोलीले नेपाली नक्कली नोटसहित साहलाई पक्राउ गरेको हो।साहको साथबाट नेपाली रुपैयाँ ४ हजार ५ सय ९० र भारतीय रुपैयाँ ६ हजार ३ सय ४५ पनि बरामद गरेको सर्लाही प्रहरीले जानकारी दिएको छ।