(नेपाल क्राईम) सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयका प्रमुख डिआइजी रविन्द्र केसीका अनुसार सुरक्षा योजनाअन्तर्गत प्रदेशभर थप चार हजार प्रहरी परिचालन गरिने भएको छ। `चार्ड पर्वमा हुनसक्ने सम्भाबित घटना र अपराधीक क्रियाकलाप नियन्त्रण गर्न सुरक्षा रणनीति तयार गरेका छौं,´ उनले भने, `चाडपर्वको समय बढी घटना तथा दुर्घटना हुने गरेका छन्। हामीले त्यो नियन्त्रण गर्ने रणनीति तयार गरेका छौं । त्यसका लागि सामान्य समयकोभन्दा थप चार हजार प्रहरी परिचालन गरेका छौं।´
उनका अनुसार दसैं–तिहारमा हुने जुवा, तास र मदिरा सेवनलाई पनि नियन्त्रण गर्ने गरी रणनीति तयार गरिएको छ बने विगतका वर्षमा चाडपर्वको अवधिमा हुने अपराधीक गतिविधिलाई पनि विश्लेषण गरिएको छ।
डिआइजी केसीले दसैं, तिहार र छठका लागि भारतबाट फर्किएका नागरिकको सुरक्षाका लागि पनि विशेष योजना तयार पारिएको छ।